रौतहटमा दिनभर निषेधाज्ञा, रातभर कर्फ्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

Caption

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेको जानकारी दिएका हुन् ।

अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ । निषेधाज्ञा र कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepbimanews@gmail.com मा पठाउनु होला । धन्यवाद ।